जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्थानमा आज वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ।

आज राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।