जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन-चाँदीको मूल्य बढ्यो

आज मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक सय रुपैयाँले बढ्दै ९७ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले बढ्दै एक हजार २०५ रुपैयाँ पुगेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै बढ्दै ९७ हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।