जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्य स्थिर

आज मंगलबार सुनचाँदीको बिक्री मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । महासंघले सुनको मूल्य स्थिर कायम भएको दिन आज चाँदी पनि स्थिर कायम भएको जानकारी दिएको हो । जसअनुसार, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ कायम छ ।