जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साफ यु–२० च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

साफ यू–२० च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले अर्को साता भारतमा हुने च्याम्पियनसिपका लागि आज अन्तिम टोलीको घोषणा गरेका हुन् । टोलीमा मिडफिल्डर आयुष घलान, इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी परेका छन् । त्यस्तै, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा, सुगम सुवाल, दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी टोलीमा अटाएका छन् ।

टोलीमा मोहित गुरुङ, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, दीपेश राई, निराजन मल्ल, रोशन खड्गी परेको एन्फाले जनाएको छ । च्याम्पियनसिपमा नेपालसँगै, आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन् । नेपालले उद्धघाटन खेलमा साउन ९ गते माल्दिभ्सविरुद्ध खेल्नेछ । यस्तै, दोस्रो खेल साउन ११ मा श्रीलंकासँग खेलेपछि नेपालले साउन १५ मा भारतसँग तेस्रो खेल खेल्ने छ । नेपालले अन्तिम खेल साउन १७ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि साउन २० मा प्रतिस्पर्धा गर्नेछन् ।