जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा लामेआहालमा भजनचुड्का प्रतियोगिता

जन्मभुमि खबर ,
पोखरा ।

राधाकृष्ण सांस्कृतिक समूह, पोखरा–३२, लामेआहालले आगामी भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा भजनचुड्का प्रतियोगिता गर्ने भएको छ ।

प्राचीन संस्कृतिको जगेर्नामा कृयाशिल समूहले वर्षेनी उक्त प्रतियोगिता गर्दै आएकोमा विगत दुई वर्ष भने कोरोना महामारीका कारण गर्न सकिएको थिएन ।

यस वर्ष उक्त प्रतियोगिता गर्ने गरी तयारी बढाएको समूहले गत शनिबार विशेष भेला आयोजना गरी मूल समारोह सहित विभिन्न उपसमिति गठन गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताका लागि विश्वभुषण खनालको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिको सह संयोजकद्वयमा झलक थापा र गणेशबहादुर थापा रहेका छन ।

भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ । सल्लाहकार उपसमितिको संयोजकमा अक्कलबहादुर कार्की, प्रचारप्रसार उपसमितिको संयोजकमा पुष्पराज पौडेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रुद्रकुमारी सिग्देल, मञ्च व्यवस्थापन उप समितिको संयोजकमा घनश्याम खनाल रहेका छन । त्यस्तै अतिथि सत्कार उपसमितिको संयोजकमा भोलाप्रसाद भण्डारी, सचिवालय व्यवस्थापन एवम् सम्मानपत्र लेखन उपसमितिको संयोजकमा पर्शुराम पौडेल रहेका छन ।

साथै समूह निमन्त्रणा उपसमितिको संयोजकमा प्रकाशचन्द्र वाग्ले, स्वागत भजन निर्माण उपसमितिको संयोजकमा मनबहादुर कुँवर, स्वयंसेवक तथा पानी वितरण उपसमितिको संयोजकमा मीनकुमारी बोहोरा, खाजा व्यवस्थापन उपसमितिको संयोजकमा पार्वती लामिछाने र सञ्चार व्यवस्थापन उपसमितिको संयोजकमा वासुदेव पौडेल रहेका छन ।