जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्युत सर्ट भएर पोखरा रंगशाला भित्रको कभर्डहलमा लागेको आगलागी नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

देशकै ठूलो बहुउद्देश्यीय कभर्ड हलमा विजुली सर्ट हुदाँ आगलागी भएको छ। आगलागीबाट ठूलो क्षति हुन पाएन। बेलैमा बारुणयन्त्र(दमकल)को सहयोगमा आगो नियन्त्रणमा लिइयो।

पोखरा रंगशालास्थित कभर्ड हलमा महिला तथा पुरुष सिक्स ए साईड हक्की प्रतियोगिताको फाईनल चलिरहँदा हलको फल्स सिलिङ(जिप्सन)भन्दा माथि विजुलीको तार सर्ट भई आगलागी भएको थियो। आगलागी लगत्तै पोखरा रंगशालामा पुगेको बारुण यन्त्रले आगो नियन्त्रण गरेको थियो। बारुण यन्त्र आएपछि माथिल्लो क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न केही कठिनाई भएको थियो। भर्याङको अभावले केही बेर ढिला गरी आगो नियन्त्रण गरेपछि क्षति हुन पाएन।

प्रतियोगिता चलिरहँदा विद्युत आपूर्ति थिएन्। विद्युत आपूर्ति नहुदाँ जेनेरेटरको प्रयोग गरिएको थियो। जेनेरेटर चलाएपनि हलभित्र विद्युत आपूर्ति भएको थिएन्। पछि हल भन्दा बाहिर सडकबाट रंगशाला पुगेको खेलाडीहरुले आगो लागेको देखेपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद कार्यालय प्रशासनलाई जानकारी गराईयो। हलभित्र प्रतियोगिताको दोस्रो हाफ चलिरहँदा खेल स्थगित गरिएको थियो। खेल स्थगित लगत्तै बाहिर बारुणयन्त्र आईपुगेको थियो। ‘विद्युतको लाईन मर्मत सम्भार नगर्दासम्म प्रतियोगिता आयोजना सकिदैन्।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका लेखा प्रमुख डिबी नेपालीले भने–‘समस्या के हो र कहाँनेरबाट समस्या आयो त्यसको निक्र्यौल गरेर मर्मत सम्भार गर्र्छाै।’ उनका अनुसार आगलागी लगत्तै राष्ट्रिय खेलकुद परिषदमा समेत जानकारी गराईएको छ।

बहुउद्देश्यीय कभर्ड हल दर्शक क्षमताको हिसाबले नेपालकै ठूलो हो। दर्शक क्षमता २१५६ रहेको छ। झण्डै १६ करोड लागतमा निर्माण गरिएको हल दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समयमा जिप्सन हालिएको थियो। तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले २०७१ बैशाख दोस्रो साता शिलान्यास गरेका थिए। २०७२ को विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीकै कारण निर्माणमा ढिलाई भएको थियो। १४ करोड ३० लाख रुपैयाको लागता निर्माण सक्ने लक्ष्य रहेपनि पटक पटक म्याद थपिदैं टुंग्याउँदा १५ करोड ६० लाख रुपैयाँ खर्च भएको थियो।