जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

लेखक सङ्गीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप

लेखक सङीत स्रोतामाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। लेखक सरिता तिवारीले फेसबुक लाइभ मार्फत स्रोताले २०७२ सालमा आफ्नो पुस्तक सम्पादन गर्ने क्रममा गरेको दुर्व्यवहारको घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेकी हुन्।

मलाई उनले दुई पटक यौन दुर्व्यवहार गरे’ उनले भनिन्’मैले सत्य तथ्य ल्याउनै पर्छ भनेर लाइभमा आएकी हुँ।’

उता सङ्गीतले भने ‘बदनियतपूर्ण ढङ्गले आफूलाई आरोप लगाइएको दाबी गरेका छन्। उनले १५ बुँदामा त्यो दिन के भएको थियो प्रस्टीकरण दिएका छन्।

उनले तिवारी आफ्नो डेरामा एक दिन आएको र त्यो दिन डेरामा उनी र म मात्रै नभई आफ्नो गाउँको मामा कृष्ण विक समेत रहेको दाबी गर्दै तिवारीको किताबको भूमिका सम्पादन सम्बन्धी काम भएको बताउँदै अलग-अलग कोठामा सुतेको दाबी गरेका छन्।

उनले आफूले कुनै ‘दुर्व्यवहार’ वा ‘हिंसा’ नगरेको दाबी गर्दै लेखेका छन् ‘घटना’ भएको भनिएको अवधि यताका उनका मेरा सहकार्य, सम्बन्ध, संवाद, सार्वजनिक जीवन, साङ्गठनिक आबद्धता, फोन मेसेज, फेसबुक पोस्ट, मेसेन्जर संवाद जस्ता दर्जनौँ तथ्यहरू छन्, जसले उनले ममाथि लगाएको यो आरोपलाई सीधै खण्डन गर्छन्।’

लेखक तिवारीले भने पहिलो दिन केही काम सकेर छुट्टाछुट्टै कोठामा सुतेको र बिहानी पख सङ्गीत आफ्नो कोठामा असहज हुने गरी सुतेको, भोलि पल्ट किन चुरा लगाउनुभएको दिदी भनी हात सुमसुम्याएको अनि कोठाबाट जाऊ सुत्न भन्दा पछाडिबाट किस गरेको र त्यसपछि आफूले ढोकाको चुकुल लगाएको दाबी गरेकी छिन्।

उनले यस घटनाबारे सङ्गीत आबद्ध सङ्गठन र उनी निकटहरूसँग बारम्बार छलफलहुँदा उल्टो आफूमाथि आरोप लगाउने काम गरेको र उल्टो आरोपीको पक्षमा लागेको बताएकी छिन्।

उनले नाम लिएकाहरू नेपालको राजनीति र सामाजिक अभियानमा महिला हिंसाको विरोधमा सक्रिय व्यक्तिहरू छन्। उनले सङ्गीतले आफूसँग भेटेर माफी मागेको तर बाहिर भने उल्टो आफूलाई आरोप लगाउने गरेको बताएकी छिन्।