जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

’म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो तलबबाट र्‍यापर यम बुद्धको सालिक बनाउने बताएका छन्। मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईहरुको दिन शुभ रहोस्।’

यसअघि मेयर शाहले १५ लाख रुपैंया बजेट विनियोजन गरेका थिए। मेयर शाहले सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो।

विरोधपछि महानगरको बजेटमार्फत् सालिक बनाउने निर्णयबाट पछि हटेका हुन्।