जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मेघगर्जन र चट्याङसहित वर्षा, पहाडी भूभागमा सतर्कता अपनाउन आग्रह

आज देशभरको मौसम सामान्य हुने भएको छ। केही दिनदेखि देशका विभिन्न स्थानहरूमा भारी वर्षाहुँदै आएकोमा आज भने मौसम सामान्य हुने देखिएको हो। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार  देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।  प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

आज दिउँसो पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार  देशको बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।  प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भइरहेको छ।

यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैगरी, देशकोे पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।