जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतद्वारा नेपाललाइ ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस सहायता स्वरुप उपहार

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो ।

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गर्नुभएको थियो । यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गरेका थिए ।

भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।