जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भानु जयन्तीको दिन गण्डकीमा भोलि सार्बजनिक बिदा

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।                         

मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।