जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फिर्केखोलामा गएराति स्कुटर खस्दा अँधेरीकुनाका विशाल र जिरोकिमीकी ऋतु घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको फिर्केखोलामा गएराति स्कुटर खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ अँधेरीकुनाका विशाल सुवेदी र पोखरा-५ जिरोकिमी बस्ने वर्ष २७ की ऋतु श्रेष्ठ रहेका छन् ।

स्कूटर चालक सुवेदीको सहारा अस्पतालमा उपचार पश्चात् घर फर्किएका छन् भने श्रेष्ठको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको कास्की प्रहरीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

विन्ध्यवासिनीबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको ग प ८३२५ नं.को डियो स्कूटर फिर्केखोलामा खसेको हो । दुर्घटनामा घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि सहारा अस्पताल लगिएको थियो ।  सहारामा सामान्य उपचारपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको हो ।

समयमानै पुल निर्माण हुन नसक्दा यहाँ यस्ता दुर्घटना भएका छन् ।’ उनले भने, ‘एक त फराकिलो सडकमा साघुरो पुल रहेका कारणपनि तिव्रगतिमा आएका सवारीले सन्तुलन मिलाउन नसक्दा दुर्घटना हुन्छ, दोस्रो यस्तो क्षेत्रमा सडक बत्तीको व्यवस्था नहुनु अर्को कारण हो ।’
यसअघि पनि सो क्षेत्रमा ३, ४ पटक ट्रक तथा मोटरसाइकल दुर्घटना भएका थिए ।