जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

फिर्केखोलाबाट स्कुटर खस्दा २ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको फिर्केखोलामा स्कुटर दुर्घटनामा हुँदा २ जना घाइते भएका छन् ।

बुधबार राती विन्द्यवासीनि बाट जिरो किलोमिटर तर्फ आउँदै गरेको ग ४ प ८३२५ नम्वरको डियो स्कुटर फिर्केखोलापुल नजिकै खोलामा खस्दा दुई जना घाइते भएका हुन् । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि सहारा अस्पताल पठाइएको छ ।

घाइतेमाध्ये एक युवती गम्भीर रहेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । घटनास्थलमा भेटिएका एक प्रत्यक्षदर्शीले भने, ‘माथिबाट २ जना सवार स्कुटर पुल नजिकै खोलामा अचानक खस्यो ।

समयमानै पुल निर्माण हुन नसक्दा यहाँ यस्ता दुर्घटना भएका छन् ।’ उनले भने, ‘एक त फराकिलो सडकमा साघुरो पुल रहेका कारणपनि तिव्रगतिमा आएका सवारीले सन्तुलन मिलाउन नसक्दा दुर्घटना हुन्छ, दोस्रो यस्तो क्षेत्रमा सडक बत्तीको व्यवस्था नहुनु अर्को कारण हो ।’
यसअघि पनि सो क्षेत्रमा ३, ४ पटक ट्रक तथा मोटरसाइकल दुर्घटना भएका थिए ।

दुर्घटनाका घाइतेहरुको परिचय खुल्न सकेको छैन भने घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।