जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ५ लभ्लीडाँडामा बालिका बलात्कृत , पर्वत कुश्माका खिमबहादुर पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा ५ लभ्लीडाँडामा शुक्रबार राति १३ वर्षकी एक बालिका बलात्कृत भएकी छन् ।

बालिकालाई ललाई फकाइ बलात्कार गरेको आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं. ६ दुर्लुङ घर भइ हाल पोखरा १३ बस्ने २४ वर्षका खिमबहादुर विक रहेका छन् ।

खिमबहादुलाई शुक्रबार बिहान करिब ३ बजेर उनपचास मिनेटमा पोखरा-५ नजिकैबाट पक्राउ गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेको विकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

खड्काको जानकारी अनुसार बालिकाको स्वास्थ्य परीक्षण गर्दा करणी भएको पुष्टि भएको र उनलाई उपचार पछि परिवारको जिम्मा लगाइएको छ ।