जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा हेमजाका बाढी पिडितलाई राहत वितरण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा न. २५ हेमजामा रहेका बाढी पिडीतलाई शुक्रवार राहत वितरण गरिएको छ ।

यहि असार १० गते रातिको बर्षाको कारण हेमजाको सुन्दरपुरी, छहरेटारी र म्याग्दीचोकमा डुवानको साथै पहिरो गएको थियो ।

रातिको करिव ९ बजेतिर डुवान सुरु भएको र करिब १ बजे पहिरो गएको वडा अध्यक्ष मोति तिम्सिनाले बताए । अबिरल बर्षाकोे कारण त्यस क्षेत्रका १२ घरमा आंशिक तथा पुर्ण क्षति भएको थियो । क्षतीमा परेका मानिसलाई क्षतिको किसिम हेरेर राहत स्वरूप नगद रु. २५ र १५ हजार गरी कुल रु. २ लाख वितरण गरियो ।

गण्डकी प्रदेश आन्तरिक तथा मामीला मन्त्री दोवाटे वि.क.को रोवरमा राहत वितरण गरिएको हो । राहत वितरण गर्दै मन्त्री वि.क ले राहत छिटो दिन सके पिडकलाइ मलमको काम गर्ने बताए । उनले पुनर्निर्माण गर्न भौतिक मन्त्रालयमा र पशु नोक्सानी भएका मानिसलाई कृषि मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरे ।
गण्डकी प्रदेश आन्तरिक तथा मामीला मन्त्री दोवाटे वि.क को रोबरमा भएको राहत वितरणमा वडाका जनप्रतिनिधि, वडा वासी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।