जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा स्पोर्ट्स अवार्ड : अरुणालाई ‘वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड’

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीले ‘वर्ष उत्कृष्ट महिला खेलाडी अवार्ड २०७८’ पाएकी छ्न ।

नेपाल खेलकुद मञ्च गण्डकीले हरेक वर्ष प्रदान गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको छैटौँ संस्करणको उक्त अवार्ड शाहीले दोस्रो पटक प्राप्त गरकी हुन् । यसअघि उनीले २०७३ मा दोस्रो संस्करणको पोखरा स्पोर्ट्स अवार्डमार्फत पुरस्कृत भएकी थिइन् ।

शाहीले इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेकी छन् । उनीसँगै क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल मनोनयनमा परेका थिए ।