जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगर पालिकाको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पारित

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आईतबार बसेको नगर सभाले आगामी वर्षको बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पारित गरेको हो ।

यसअघि बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको र वडाअध्यक्षहरुसँग छलफल नगरी योजना बनाइएको भन्दै विरोध भएको थियो । विरोधपछि रातो किताब किन र कसरी छापियो भन्ने विषयमा छानविन गर्ने सहमतिपछि बजेट प्रस्तुत भएको थियो ।

सो बजेटमा केही परिमार्जनपछि सर्बसम्मत आगामी आर्थिक वर्षका लागि बजेट पारित भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।