जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकाद्वारा चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाकाले चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा बस हस्तान्तरण गर्नुभयो ।

पोखरा महानगरल विद्यालयहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको भने विद्यालयहरुले ५० प्रतिशत लगानी गरेर लेखनाथका चार सामुदायिक विद्यालयले स्कुल बस खरिद गरेका हुन् ।          बस हस्तान्तरण गरिएका स्कुलमा जनप्रकाश मावि, पोखरा २९,अमरसिद्व नमुना मावि पोखरा ३१, त्रिभुवन शान्ति नमुना मा.वि पोखरा ३०,बम्हरुपा मा.वि पोखरा ३२ रहेका छन ।

सरकारी विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न बस सञ्चालन गरिएको हो । सरकारीमा विद्यार्थी संख्या घटदै गएपछि उनीहलाई आकर्षित गर्न बस सञ्चालन गरिएको हो ।