जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरको गेटमा रहेको एनआइसी एसिया बैंकको एटीएम  तोडफोड गर्ने युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका न्युरोडस्थति कार्यालयको मुख्यगेटमा रहेको एनआइसी एसिया बैंकको एटीएम तोडफोड गर्ने कार्यमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ।                 

नगद चोरी गर्ने उद्देश्यले एटीएम मेशिन तोडफोड गरेको आरोपमा प्रहरीले रोल्पाको सुनसरी गाउँपालिका स्थायी ठेगाना भएका १९ वर्षीय सिताराम पुन मगर (नारायण)लाई वडा प्रहरी कार्यालय बैदाम पोखराको प्रहरी टोलीले पक्राउ गरेको हो।                         

नगद चोरी गर्न शुक्रबार मध्यरातको साढे १२ बजे एटीएम मेशिन तोडफोड गरेको भए पनि रकम झिक्न असफल भए पछि त्यहाँबाट भागेका पुनलाई प्रहरीले भोलिपल्ट अमरसिंह क्षेत्रबाट सिआरभी प्रहरीले पक्राउ गरेको डा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीले जानकारी दिएका छन् ।

रोल्पाको सुनसरी गाउँपालिका स्थायी ठेगाना भएका १९ वर्षे पुनले शुक्रबार मध्यरातको साढे १२ बजे एटीएम मेसिन फोडेका थिए । मेसिन फोडेर फरार पुनलाई शनिबार सिआरभी प्रहरीले अमरसिंह आसपासबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीले जानकारी दिए ।

एटीएम मेशिन तोडफोडको घटनापश्चात प्रहरीलाई प्राप्त सिसिटिभी फुटेजका आधारमा पुन पक्राउ परेको बताइएको छ। सो कार्यमा अन्य दुई जना पनि सहभागी भएको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ।