जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा बगालेटोलमा २२ वर्षिया युवती मृत फेला

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका ८ स्थित बगालेटोलमा एक युवती मृत फेला परेकी छन् । घरमै २२ वर्षिया सुमना खनाल मृत भेटिएकी हुन् ।

पोखरा बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत खनालका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका प्रहरीले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । शवको अवस्था शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।