जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा पर्यटन बसपार्कको स्वामित्व नगरविकासमा फिर्ता

जन्मभुमि खबर ,
पोखरा ।

निवर्तमान मेयर मान बहादुर जिसीको पालामा विधि मिचेर अनाधिकृत ढंगले भाडामा लगाईएको भनिएको राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कको स्वामित्व पोखरा उपत्यका नगरविकास समितिलाई फिर्ता गरिएको छ ।

उक्त बसपार्क पोखरा महानगरपालिकाले सञ्चालन गर्नेगरि त्यसको स्वामित्व पोखरा उपत्यका नगरविकास समितिलाई प्राप्त भएको महानगरले जनाएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले सो बसपार्कको स्वामित्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्रण गरेका हुन् ।

अव पोखराको पर्यटन बसपार्क व्यक्तिले होईन महानगरले संचालन गर्नेछ । सो जग्गा आफ्नै ज्वाँई नाता पर्नेलाई जिसीले चोरबाटोबाट भाडामा दिएको भन्दै आलोचित भएपछि उनले बुधबार नै एक विज्ञप्ती जारी गरि आफुले नियम विपरित केही नगरेको दावी गरेका थिए ।