जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा न्युरोडबाट ६ जना जुवाडे पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका–८ न्युरोडबाट दुई लाख ५३ हजार रुपैयाँसहित ६ जुवाडे पक्राउ परेका छन् ।

सोही महानगरपालिका–२६ लेखनाथ घर भएका ३२ वर्षीय नवीन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचनसमेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रुपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।