जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा साउन १२ गते देखि १५ गते सम्म राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता

जन्मभुमि खबर ,
पोखरा ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता र स्रष्टा सम्मान एवम् इन्द्रेणी कार्यक्रम २०७९ हुने भएको छ ।

‘लोक संकृति जोगाऔं, हाम्रो चिनारी बचाऔं’ भन्ने मूल नाराका साथ कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल रानीपौवा, पोखरा ११ ले आयोजना गरिएको, वुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आगामी साउन १२ गते देखि पोखरा सभागृहमा हुने प्रतियोगिता साउन १५ गते सम्म चल्ने प्रतिष्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङ ह्योल्मोले जानकारी दिनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख, द्धितिय हुनेलाई ४ लाख रुपैयाँ, तृतीय हुनेलाई २ लाख रुपैयाँ र सान्त्वना हुनेलाई १ लाख रुपैयाँ नगद रहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो ।

प्रतियोगितामा देश भरका कलाकारहरुको सहभागिता हुने प्रतिष्ठानका सचिव कलाकार जीवन दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार ४५ टीमले प्रतियोगितामा भाग लिनेछ । प्रतियोगितामा भाग लिनका लागि २ हजार रुपैँया दर्ता शुल्क लाग्नेछ भने सहभागि कलाकारहरुलाई प्रति समुह ३ हजार रुपैयाँ भत्ता स्वरुप नगद दिइनेछ ।

प्रतियोगिता हेर्नका लागि निशुल्क प्रवेश गर्न पाइनेछ । पहिलो पटक हुन लागेको प्रतियोगितामा नारायण राइमाझी र योगेन्द्र वस्नेतलाई रु २५ हजारले सम्मान गरिनेछ ।

उनको जन्म उत्सवको अवसरमा पश्चिमाञ्चल स्तरिय कौरा (चुट्का) गीत प्रतियोगिता, कल्याण स्मारिका तथा जम्काभेट गीतिसंग्रह लोकार्पण, तथा स्रष्टा सम्मान कार्यक्रम, सम्मान तथा विविध काँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गरिसकेको छ । शेरचनको जन्म २००३ साउन १२ गते भएको थियो भने, मृत्यु २०६७ माघ २४ गते भएको थियो ।