जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि एक रुपैयाँ दान संकलन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा फिर्ता गर भन्दै रुपैयाँ दान गर्ने अभियान चलाइएको छ।

आउँदो आर्थिक वर्षको बजेटमा सरकारका मन्त्री तथा सत्तारुढ दलका नेताको आफन्तको नाममा स्थापित ट्रष्ट र प्रतिष्ठानमा प्रदेश सरकारले करोडौं रकम विनियोजन गरेपछि विरोधस्वरूप अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले पोखरामा ‘एक रुपैयाँ दान अभियान’ चलाएको हो।       

सोमबार पोखराको रत्नचोकमा एक विरोध सभाको आयोजना गर्दै दान अभियान चलाइएको हो। अभियानमा स्थानीय, पैदलयात्री तथा सवारी रोकेर समेत एक–एक रुपैयाँ दान गरेका थिए।

राज्यको सम्पत्ति फिर्ता गर, बाबुआमाको नाममा लगाइएको रकम फिर्ता गर, गण्डकी प्रदेश गरिब हो , राज्यको ढुकुटी फिर्ता गर जस्ता नारासहित मुख्यमन्त्री, मन्त्रीको राजिनामा माग गरेका छन् ।