जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पुरुष पक्राउ

 

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कास्कीले नक्कली सुन देखाई ठगी गर्न खोज्ने दुई जना पुरुषलाइ पक्राउ गरेको छ ।

असार ३१ गते पोखरा ८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको २ वटा बाला देखाई सक्कली हो भनी ठगी गर्न खोज्नेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन माडी नगरपालिका ८ बसन्तपुर घर भई हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ बर्षिय धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ४ रापाकोट घर भई पोखरा १६ घार्मीखोला बस्ने ४० बर्षिय डिल बहादुर बिक रहेका छन् ।               

उनीहरुलाई कास्की जिल्ला अदालतबाट आपराधिक षडयन्त्र सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।