जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा घरमा रङ लगाउने क्रममा करेन्ट लागेर घारीपाटनका कृष्णको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा घरमा रङ लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पोखरा -५ प्रस्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर सिन्धुली घर भई हाल पोखरा १७ घारीपाटन बस्ने ४० बर्षिय कृष्ण बहादुर रानामगरको मृत्यु भएको कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिए ।

हाईटेन्सन विद्युत लाईनको तारमा छुन गई दुई तले घरबाट खस्दा मृत्यु भएको तिवारीले बताए ।

रानामगरको सव पोष्टमार्टका लागि अस्पतालमा राखिएको छ ।