जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा एनएमबि बैंकको एटिएम फोरेर १५ लाख रुपैयाँ चोरी , चोर फरार

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा एनएमबि बैंकको एटिएम फोरेर चोरी भएको छ । पोखरा २६ लेखनाथस्थित अर्घौचोकको एटिएम फोरेर रकम चोरी भएको हो ।

एटिम फोरेर १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीका अनुसार एटिएम फोरेर चोरी गर्ने चोरको तिव्र खोजी कार्य भई रहेको छ ।

बैंकको सिसि टिभी फुटेजमा एटिएम कोठामा पसेर १५/२० मिनेटमा सामान्य तरिकाले लक खोलेर त्यहाँ रहका २ पैसाका बक्स निकालेर लगेको देखिएको छ । पैसाको बाकास अर्घौचोकपछाडिको विचारी चौतारीमा छाडी पैसा निकालेर लगिएको प्रहरीले जनाएको छ । बैंकले सोमवार दिउँसोमात्र १७ लाख रुपैयाँ एटिएममा राखेको थियो । केही रकम ग्राहकले निकाले पनि बाँकी १५ लाख चोरी भएको बैंकले जनाएको छ ।

यसअघि पोखराबाटै एटिएम फोरेर चोरी गर्न खोज्दै गर्दा प्रहरीले एक जनालाई पक्रेको थियो । एटिएम फोरेर बाकस अर्घौंचोक पछाडी विचारी चौतारीमा फालेर हिडेको प्रहरीले जनाएको छ । चोरलाई खोज्न प्रहरी टोली खटिएको डिएसपी तिवारीले बताए ।