जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको सडक दुर्घटनाः रक्सीको झ्यापमा कारले दियो ६ सवारी साधनलाई ठक्कर

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा शुक्रवार बिहानीपख रक्सी खाएर मातेर कार चलाउदा ६ सवारी साधनलाई ठक्कर दिएको छ । राती साढे ३ बजे भएको दुर्घटनामा पोखरा घुम्न आएका झापा घर भएका विनायक ओलीले कार चलाएका थिए ।

बा१२च ६३३९ नम्बरको कार लेकसाइडको हल्लनचोकबाट बाराही चोक तर्फ आउदै गरेको कारले एक ट्याकी, दुई मोटरसाइकल र ३ वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

कारले पार्किङ रहेको ग१ज ३८४३ नम्बरको ट्याक्सी, ग२१प ७३८० स्कुटर, ग२०प ७१६१ नम्बरको स्कुटर, ग९प ७३८० नम्बरका मोटरसाइकल, ग९प ५०६ नम्बरको स्कुटर, ग११प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटर पूर्णरुपमा क्षती भएको कास्कीका प्रहरी निमित्त प्रमुख डिसपी सुन्दर तिवारीले जानकारी दिए । उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

कार चालक ओली र सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी साधनलाई ठक्कर दिए पनि कार भागेको थियो ।

लेकसाइड मै रहेको सिआभी टोलीले कार र सवारी चालकलाई नियन्त्रणमा लिएको थियो । रातको समय सडकमा मानिसहरु कम भएका कारण पनि ठुलो क्षती हुनबाट जोगीको प्रहरीको भनाई छ ।