जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको ड्यामसाइडमा दुई यात्रुवाहक सवारी ठोक्किँदा १७ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आइतबार दिउँसो दुई यात्रुवाहक सवारी एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।

पोखराको ड्यामसाइडमा राष्ट्रबैंकचोकबाट विरौटातर्फ जाँदै गरेको ग १ ख ३७९० नम्वरको नगर बस र विपरित दिशाबाट आइरहेको ग १ ज ३४१७ नम्वरको मिनी माइक्रो एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।               

दुर्घटनाका घाइतेहरुमध्य गण्डकी मेडिकल कलेजमा १२ जना र नमस्ते हस्पिटलमा ५ जनाको उपचार भईरहेको छ । उनीहरुमध्ये १२ जना मध्ये  ५ जनाको अवस्था सामान्य रहेको छ ।             

दुर्घटनाका प्रत्यक्षदर्शीहरुका अनुसार बसले आफ्नो लेन क्रस गरेर मिनी माइक्रोलाई ठक्कर दिएको थियो ।