जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको अन्नपूर्ण केवलकार एक साता बन्द हुने भएको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ । सूचनामा असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने उल्लेख गरिएको छ ।

जापानी प्राविधिकहरुले केवलकारको परीक्षण पश्चात साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउने कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए ।

पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन गरिरहेको छ । फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार सञ्चालन गरिएको हो ।

केवलकार फागुन ६ गतेदेखि नियमित सञ्चालनमा आएको थियो ।