जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाेखरा न्युराेड स्वामित्व विवाद जग्गाः हामीलाई अन्याय भयो हामी सर्वोच्च जान्छौं कोइराला परिवार

जन्मभुमि खबर ,
पोखरा ।

झन्डै ५ दशकदेखि स्वामित्व विवाद रहेको पोखरा महानगर, न्युरोडको ५ आना ४ रोपनी जग्गा जिल्ला अदालत कास्कीले सरकारकै नाममा फैसला गरेपछि त्यसविरुद्ध कोइराला परिवार सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

स्थानीय राजेन्द्रनिधि कोइराला परिवारले उक्त जग्गाको भोगचलन आफूहरुले गर्दै आएको र लामो समयसम्म तिरो पनि तिर्दै आएकाले जग्गा आफूहरुको नाममा आउनु पर्ने दाबी गरेको छ । स्थानीय राजेन्द्रनिधि कोइराला परिवारले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आफूहरु अन्यायमा परेको बताएका हुन् ।

४७ वर्षदेखि स्वामित्व विवाद रहेको महानगर कार्यालय नजिकैको उक्त जग्गा जिल्ला अदालत कास्कीले असार १३ गते पोखरा उपत्यका नगर विकास समितिको नाममा हुने फैसला गरेको थियो ।

उक्त जग्गा तत्कालीन अञ्चाधीश शंकरराज पाठकको पालामा हालको न्युरोड बनाउन स्थानीयसँग कबुलियतनामा गरेर सरकारले लिएको थियो ।

१ रोपनी १३ आना जमिन सडकमा परिसकेको छ,’ उनले भने, ‘५ रोपनीबाट त्यति जमिन सडकमा पर्‍यो, बाँकी हाम्रो हो ।’ तर उपत्यका नगर विकास समितिका तर्फबाट परेको मुद्दामा १० रोपनीमध्ये ५ रोपनी कोइरालाहरुले ३७ सालमा अर्कैलाई बिक्री गरिसकेको र बाँकी ५ रोपनी समितिको हुनुपर्ने दाबी गरिएको थियो । तर कोइराला परिवारले भने सडकलाई दिनुपर्ने जति दिइसकेको र बाँकी जमिन आफूहरुको भएको बताएको छ ।

जिल्लाको आदेशपछि कोइराला परिवार असार २१ गते उच्च अदालतमा पुनरावेदनका लागि पुगेको थियो । उच्च अदालतले असार २२ मा तत्काल त्यहाँको संरचना नहटाउन ‘स्टे अर्डर’ दिएको छ ।

महानगरपालिकाले जग्गामा डोजर चलाएपछि कोइराला परिवारले त्यस विरुद्ध उच्च अदालत पोखरामा रिट हालेको थियो । उक्त रिटमा उच्चले जग्गा यथास्थितिमा राख्न र डोजर नचलाउन अन्तरिम आदेश दिएको राजेन्द्रनिधिले सुनाए । महानगरले सोमबार खाली जमिनमा डोजर लगाई त्यहाँका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो ।