जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पाँचथरमा पहिरोमा बेपत्ता तीनै जनाको शव भेटियो

पाँचथरकाे फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ ।

पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा-७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिनुभयो ।

गएराति गएकाे पहिराेले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो।

घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएकाे थियाे । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।