जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल र नामिबिया भिड्दै

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा रहेको नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो  ३:१५ बजे सुरु हुनेछ ।

सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।  नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।