जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपालमा बढ्यो कोरोना संक्रमण एकैदिन ४५७ जना थपिए , थप १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

चारहजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ७७६ पुगेको छ ।

त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । लगातार दोस्रो दिन कोरोना सङ्क्रमितको मृत्यु हुँदा नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

आज ९८ हजार ९०० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।