जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नामिबियासँग नेपाल पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ।

नामिबियाले दिएको २०० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १३६ रनमा समेटियो। नेपालका लागि आसिफ शेखले ३४ र दीपेन्द्रसिंह ऐरीले ३८ रनको पाली खेले। रोहित पौडेल १७ रन बनाएर आउट भए भने आदिल अन्सारीले २० रन जोडे।

पवन सर्राफले अविजित १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नामिबियाको लागि बर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए भने जान फ्राइलिंकले ३ विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १९९ रन बनाएको थियो।

उसका लागि गेर्हार्ड एरास्मसले ५३ रन बनाएका थिए भने डेभिड विसेले ३४ रनको पाली खेलेका थिए।

नेपालका लागि सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिएका थिए।

नेपालले आज त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्नेछ।