जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति प्रदेश १, मधेश बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यसैगरी देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यता बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यता सफा रहने विभागको पूर्वानुमान छ।