जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ४५६ जनामा संक्रमण पुष्टि , ८० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८३८ को नमुना परीक्षण गरिएकोमध्ये आरटी पिसिआर विधिबाट ३८४ र एन्टीजेन विधिबाट ७२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।