जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप ३३५ जनामा सङ्क्रमण पुष्टि , ८६ जना सङ्क्रमणमुक्त

नेपालमा थप ३३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ९९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २१६ तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ८६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ९७१ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भनेको भएको छैन । उता, थप २ लाख ३६ हजार ७३८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।