जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप २०५ जनामा कोरोना संक्रमण पुष्टि , ५१ जना संक्रमणमुक्त

थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार थप २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये ११९९ जनाको पिसिआर गर्दा १५२ मा संक्रमण र १८९१ जनाको एन्टिजेन गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार उपचारपछि ५१ जना अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अहिले देशभर १३८५ जना सक्रिय संक्रमित छन् ।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।