जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँ आसपासका क्षेत्रमा नाइरोबी फ्लाई किराको प्रकोप , सजगता अपनाउन आग्रह

जन्मभुमि खबर ,
पोखरा ।

केहिदिन देखि तनहुँ जिल्ला आसपासका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ नामक किराको जोखिम बढेको भन्दै स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सजगता अपनाउन आग्रह गरेको छ।

केन्द्रले पछिल्लो समय यस क्षेत्रबाट उपचारका लागि आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो देखिने समस्या लिएर आउने गरेको र जसको मुख्य कारण नाइरोबी फ्लाई नामक किराले टोक्दा यसको एसिडका कारण हुने जनाएको छ।

यसअघि भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा नाईरोबी फ्लाईको प्रकोप देखिएपनि अहिले पहाडी क्षेत्रमा यो किरा देखिन थालेको हो। यो किरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपालमा फैलिने क्रममा रहेको केन्द्रले जनाएको छ ।