जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टी–२० विश्व कपको ‘ट्रफी टुर’ सुरु, नेपालमा पनि ल्याइने

आईसीसी पुरुष टी–२० विश्व कप क्रिकेटको ट्रफी टुर आज शुक्रवारदेखि सुरु भएको छ । पुरुष टी–२० विश्व कप क्रिकेट सुरु हुन एक सय दिनमात्रै बाँकी छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कपको ट्रफी टुर आजदेखि सुरु भएको हो । विश्व कप सुरु हुनुभन्दा सय दिन अघिदेखि ट्रफीलाई विश्वका विभिन्न सहरमा पुर्‍याउने यात्रा सुरु भएको हो ।

यसैबीच टी–२० विश्व कप ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । आउँदो अगस्ट ३० र ३१ मा काठमाण्डौ ल्याइने आईसीसीले जनाएको छ । ट्रफी टुर विभिन्न १३ देशका ३५ सहरमा हुनेछ । टी–२० विश्व कप ट्रफी पहिलो पटक नेपालसहित फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिङ्गापुर र भानुआटुमा पुर्‍याउन लागिएको हो ।