जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिन सिक्वेन्सिङ गर्दा नेपालमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो।

अस्पतालले अघिल्लो हप्ता गरेको जिन सिक्वेन्सिङमा बीए फाइभ भेटिएको जनाएको छ। अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा.राजीव श्रेष्ठले अस्पतालमा आएको नमुनालाई परीक्षण गर्दा  ‘बीए फाइभ’ पुष्टि भएको बताएका छन्।

तर,उक्त संक्रमित व्यक्ति कहाँको हो भन्ने कुरा अहिलेसम्म नखुलेको उनकाे भनाइ छ।  यसले नेपालमा ओमिक्रोनको उपप्रजाति बीए फाइभ फैलिएको देखिने उनले बताएका छन्।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप, अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्‍याएको बताउँछन् ।

नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत रहेको डा. पुन बताउँछन् ।