जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही तल अवस्थित रहेको छ ।

यतिबेला देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।