जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घट्यो सुनचाँदीको मुल्य

बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँ गिरावट देखिएको हो ।

त्यसैगरी, महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।