जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की सहित २७ जिल्लामा १२ वर्षमुनिका बालबालिकाकालाई दोस्रो मात्राको खोप दिइदै

आज देशका २७ जिल्लामा पाँचदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो ।

ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ। उनीहरूलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप दिइनेछ।

दोस्रो मात्रा लगाउन पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जानुपर्नेछ। पहिलो मात्रा २१ लाख बालबालिकालाई लगाइएको थियो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउनका आग्रह गरे। पोखरा ,झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुरमा आज खोप लगाइँदैछ।

यस्तै कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि खोप लगाइँदै छ।

खोप अभियान यही साउन ८ गतेसम्म सञ्चालन हुनेछ।

यस्तै ५० जिल्लामा भने अगामी भदौ ५ देखि ११ गतेसम्म खोप लगाइनेछ। सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ।