जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाण्डौ उपत्यकामा थप १७ जनामा हैजा पुष्टि

काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणकाे पुष्टि भएको थियो ।

उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उहाँको आग्रह छ । हैजाबाट जोगिन खानपानमा ध्यान दिनु नै उत्तम उपाय हो ।