जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कवि तेजनाथ घिमिरेको निधन

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका कवि तेजनाथ घिमिरेको निधन भएको छ । शनिबार बिहान २ बजेर १२ मिनेटमा उहाँको निधन भएको छोरा कलाकार प्रकाश घिमिरेले जानकारी दिए ।

पोखरा ३ नदीपुर निवासी घिमिरे लामो समयदेखि उच्च रक्तचाप, मधुमेह तथा दम रोगबाट पीडित थिए । उहाँलाई अक्सिजन दिएर घरमै उपचार भइरहेकोमा आज बिहान ८३ वर्षको उमेरमा निधन भएको हो । उहाँका २ श्रीमती ५ छोरा, २ छोरी छन् । उहाँको आजै ९ बजे सतीनदी किनार तुसली घाटमा अन्त्येष्टि गरिने छोरा प्रकाशले जानकारी दिए ।

लामो समय शिक्षण पेशामा आवद्ध घिमिरेले हिमदूत पत्रिकामा पनि काम गरेका थिए । नेपाली कांग्रेस निकट शिक्षक संघ कास्कीको संस्थापक अध्यक्ष समेत रहेका घिमिरेका ३ वटा कविता संग्रह प्रकाशित छन् । घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष समेत हुन् ।