जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कर्मचारी कुट्ने घिसिङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेका धनकुटाका सुवास घिसिङ (सुन मुन्द्रे)माथि ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा अनुसन्धान थालिएको छ ।

४८ वर्षीय घिसिङ (सुन मुन्द्रे) लाई मुलुकी अपराध (सहिंता) ऐन, २०७४ को परिच्छेद–१२ को देहाय १८३ को ‘ज्यान मार्ने उद्योग गर्न नहुने’ कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनलाई मंगलबार नयाँबस्ती प्रहरी टोलीले पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेस्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहोर संकलन गर्दै आएका घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेका थिए ।