जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उपसभामुखमा एमालेबाट विद्या भट्टराईको उम्मेदवारी

नेकपा एमालेले कास्की निर्बाचन क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद विद्यादेवी अधिकारी भट्टराईलाई उपसभामुख पदमा निर्बाचन लडाउने भएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेकाे तर्फबाट उनी उमेद्वार बनेकी हुन् ।

यसैबीच उपसभामुखमा भट्टराईले मनोनयन दर्ता गराएकी छिन् । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।

भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय थियाे । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।