जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘ई–स्पाेर्ट्स’ का लागि छुट्याइएकाे बजेट कुनै संस्था वा खेलका लागि हाेइन : मेयर साह

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले ई–स्पाेर्ट्सका लागि छुट्याइएकाे बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएकाे प्रष्ट पार्नु भएकाे छ ।

ई–स्पाेर्ट्सका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रसङ्गका विषयमा ध्यानाकर्षण भएको जनाउँदै मेयर साहले यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘ई-स्पोर्ट्सका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्ट्स खर्बाैँकाे आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यावसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्ट्स पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्ट्सका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

यस्तै मेयर साहले कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएकाे छ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्नेजस्ता गैरकानुनी र अनैतिक काममा महानगर सामेल नहुने उहाँले प्रतिबद्धता जनाउनुभयाे ।’